Rule 5
राष्ट्रिय वनको सीमा निर्धारण
(१) नेपाल सरकारले, ऐनको दफा ४ बमोजिम प्रदेश भित्रको राष्ट्रिय वन र अन्तर प्रादेशिक वनको सीमा निर्धारण गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्नेछ।

(२) उपनियम (१) बमोजिम.निर्धारित वनको सीमाको आधारमा विभागको समन्वयमा मन्त्रालय अन्तर्गतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले वनको छत्र नक्सा (क्यानोपी म्याप) तयार गर्नु पर्नेछ।